कृषिमन्त्रीले राजिनामा दिए


 


काठमाडौं, असार १७

असार १५ गते धान दिवसका अवसरमा राजधानीको मूलपानी रोपाई कार्यक्रममा सहभागी हुँदा महिलामाथि अशोभनीय व्यवहार गरेका कृषिमन्त्री हरि पराजुलीले राजिनामा दिएका छन् । मन्त्री पराजुलीले पार्टी अध्यक्ष केपी ओलीलाई बिहीबार बिहान राजिनामा पत्र बुझाएका छन् । मन्त्री पराजुलीले प्रधानमन्त्री सुशील कोइरालालाई संवोधन गरी लेखेको राजिनामा पत्र अध्यक्ष ओलीलाई बुझाएका छन् ।

अध्यक्षमार्फत राजिनामा पत्र केही वेरमा प्रधानमन्त्री कोइरालासमक्ष पुग्नेछ । धान दिवसमा महिलामाथि अशोभनीय व्यवहार गरेको भन्दै चौतर्फी आलोचना भएको थियो ।

पराजुलीले पदीय मर्यादा विपरित अशोभनीय र अभद्र व्यवहार गरेको भन्दै पार्टीले फिर्ता बोलाउने संकेत गरेपछि उनले राजिनामा दिएका हुन् । एमालेका शीर्ष नेताले हिजो अपरान्ह छलफल गरी पराजुलीको व्यवहारले पार्टीको छविमा आँच पुर्‍याएको निष्कर्ष निकालेको थियो ।

प्रकाशित मिति: १७ असार २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्