जम्मु कश्मीरमा हिम-पहिरो, सात जनाको मृत्यु



नयाँदिल्ली, १४ चैत जम्मु कश्मीर नजिकैको अग्लो पाहाडी पास जोजिला पासमा हिम-पहिरो जाँदा कम्तिमा सात जनाको मृत्यु हुनुका साथै र पाँच जना घाइते भएको स्थानीय अधिकारीले शनिबार पुष्टि गरेका छन् । 

प्राकृतिक प्रकोपपछि धेरै सवारी साधन भग्नावशेष मुनि फसेको जनाउँदै  दुर्घटनापछि हालसम्म राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको मिडियाले रिपोर्ट गरेका छन् । पछिल्लो मिडिया रिपोर्टका अनुसार शवको बरामद र घाइतेको उद्धार गरी स्थानीय अस्पतालमा भर्ना गरिएसँगै उद्धार कार्य सम्पन्न भइसकेको जनाइएको छ ।

प्रकाशित मिति: १४ चैत्र २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्