ओली पक्राउको विरोधमा जिल्ला प्रशासन कार्यालयहरूमा ज्ञापन पत्र, माइतीघरमा र्यालीसहित प्रदर्शन
काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा प्रदर्शन गरेको छ ।
एमालेका विभिन्न जनवर्गीय संघसंगठले अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै आइतबार पनि माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।
अध्यक्ष ओली र लेखकलाई सरकारले जेनजी आन्दोलन छानविन गर्न गठित आयोगको प्रतिवेदनको आधारमा शनिबार पक्राउ गरेको थियो ।
पक्राउपछि शनिबार पनि एमालेले राजधानीमा प्रदर्शन गरेको थियो । पक्राउप्रति असन्तुष्टि जनाउँदै आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत विरोध पत्र बुझाउने तयारीमा छन्।
यसै क्रममा ललितपुर जिल्ला प्रशासन कार्यालय परिसरमा एमाले समर्थकहरू र्यालीसहित पुगेका छन्। उनीहरूले कार्यालय अगाडि भेला भई पक्राउप्रति विरोध जनाउँदै प्रदर्शन गरिरहेका छन्।
एमालेको प्रदर्शनका कारण काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । माइतीघर आसपासका क्षेत्रका ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार
















