इरानी आक्रमणमा एक भारतीयको मृत्यु



एजेन्सी । इरानले कुवेतमा गरेको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ।

इरानले कुवेतको एक ‘पावर डिसेलिनेशन प्लान्ट’ मा गरेको आक्रमणमा भारतीय नागरिकको मृत्यु भएको हो । मृतकको नाम भने सार्वजनिक गरिएको छैन ।

कुवेतको विद्युत् तथा जल मन्त्रालयले ‘पावर डिसेलिनेशन प्लान्ट’ मा भएको आक्रमणमा एक भारतीय कामगारको मृत्यु भएको पुष्टि गरेको छ ।

‘आक्रमणबाट प्लान्टमा ठूलो क्षति भएको छ । अत्यावश्यक सेवा सुचारूका लागि प्राविधिक टोली काम गरिरहेको छ,’ मन्त्रालयले सोशल मिडिया प्लेटफर्म ‘एक्स’ मार्फत् भनेको छ,।

अमेरिका र इजराइलले फेब्रुअरी २८ मा इरानमा संयुक्त हमला गरी त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी सहित शीर्ष अधिकारीहरूको हत्या गरेको थियो।

खामेनी मारिएपछि इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहले लेबननबाट इजराइल लगायत पछिल्लो पटक मध्यपूर्वका देशहरुमा साउदी, कुवेत, बहराईन, कतार, दुबई, सारजाहा, ओमान, इराकमा रहेको अमेरिकी सैनिक अखडाहरुमा इरानले लगातार मिसाइल आक्रमण गरिरहेको छ ।

प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्