अनुसन्धान जारी रहेकै बेला पूर्वमन्त्री दीपक खड्का पनि अस्पताल भर्ना



काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना गरिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका खड्कालाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ,

जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए । आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थियो ।

यसै विषयमा अनुसन्धान गर्न उनलाई हिजो बिहानमात्रै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको टोलीले खड्कालाई पक्राउ गरेको थियो ।

पक्राउपछि विभागले अदालतबाट ७ दिनको म्याद लिएर उनलाई प्रहरी प्रभाग पुल्चोकको हिरासतमा राखेको थियो ।

गएराति साढे १२ बजेतिर बान्ता भएपछि अनुसन्धान अधिकृतसँगको समन्वयमा उनलाई नर्भिक अस्पताल लगिएको थियो ।

तर स्वास्थ्य अवस्था सामान्य नभई निरन्तर बान्ता भइरहेपछि नर्भिकले थप उपचारका लागि शिक्षण अस्पताल रिफर गरेको जनाएको छ ।

अहिले शिक्षण अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको जनाइएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्का विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । सोही सिलसिलामा नियन्त्रणमा लिएर बयान तथा प्रमाण संकलनको काम जारी रहेका बेला स्वास्थ्य समस्या देखिएको हो ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार मात्रै पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि स्वास्थ्य समस्या देखिएका कारण त्रिवि अस्पतालमै छन् ।

हिजो थुनामा राख्न म्याद थपको लागि भौतिक रुपमा अदालत उपस्थित हुन नसकेपछि भिडियो कन्फ्रेसिङ माध्यमबाट उपस्थित गराइएको थियो ।

प्रकाशित मिति: १६ चैत्र २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्