घ्याङ्कयो जंगलस्थित खोँचमा खसेका युवकको उद्धार



काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१, घ्याङ्कयो जंगलस्थित खोचमा खसेर घाइते भएका एक व्यक्तिको उद्धार गरिएको छ ।

नेपाल प्रहरी र नेपाली सेनासहितको टोलीले ललितपुरको गोदावरी नगरपालिका–४ निवासी २४ वर्षीय पुरुषको उद्धार गरिएको हो ।

श्रीनाथ गण, सुरक्षा गुल्म हेलम्बुबाट चैत १७ गतेदेखि खटिएको उद्धार टोलीले अन्य सुरक्षा निकायहरूसँगको सहकार्यमा आज बिहान घाइतेको उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति: १८ चैत्र २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्