धनुषाबाट ४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ



जनकपुरधाम । धनुषाबाट एक जना सशस्त्र प्रहरी निरीक्षक पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले प्रहरी निरीक्षक ओकिल अधिकारीलाई आज बिहान धनुषाको लालगढबाट घुससहित पक्राउ गरेको हो ।

कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधन रोकेर अनावश्यक अवरोध गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले निगरानी गर्दै आएको थियो ।

सोही क्रममा अधिकारीलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियारले जनाएको छ ।

अधिकारीमाथि आवश्यक कारबाही र थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: २० चैत्र २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्