कास्कीमा भूकम्पको धक्का
काठमाडौं । कास्कीमा भूकम्प गएको छ ।
आइतबार बिहान ८ बजेर ३४ मिनेट जाँदा धक्का महसुस गरिएको हो ।
कास्कीको मिजुरे डाँडा केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार
















