प्यूठानमा मध्यराति भीषण आगलागी : एक दर्जन बढी घर–गोठ नष्ट, पशु जलेर मरे
प्यूठान । जिल्लाको ऐरावती गाउँपालिका–१ छेडाघाटमा मध्यराति भएको भीषण आगलागीमा एक दर्जनभन्दा बढी घर र गोठ जलेर नष्ट भएका छन् ।
आगलागीमा परी ८२ वटा बाख्रा र ९ वटा गोरु जलेर मरेका छन्।
जिल्ला प्रहरीका अनुसार स्थानीय लक्ष्मण रानाको फुसले छाएको कच्ची गोठबाट सुरु भएको आगो बस्तीभर फैलिँदा ठूलो क्षति भएको हो ।
आगलागीबाट ९३ लाख ५० हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार
















