इराकी जहाजलाई स्ट्रेट अफ हर्मुज प्रयोग गर्न अनुमति
तेहरान । इरानले इराकी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज हुँदै आवागमन गर्न अनुमति दिएको छ । यो कदमले विश्व ऊर्जा आपूर्तिमा महत्वपूर्ण मानिने यस जलमार्गमा इरानले लगाएको कडा नियन्त्रण केही खुकुलो बनाएको संकेत दिएको छ ।
इरानको खातम अल अन्बिया सेन्टद हेडक्वार्टर्सले शनिबार जारी गरेको वक्तव्यमा इराकलाई सबै प्रतिबन्धबाट छुट दिइएको जनाएको छ । उक्त प्रतिबन्ध शत्रु देशहरूमाथि मात्र लागू हुने पनि यसमा भनिएको छ ।
“हामी इराकको राष्ट्रिय सार्वभौमिकताको गहिरो सम्मान गर्छौं । तपाईंहरू अमेरिकी कब्जाको पीडा भोगेको राष्ट्र हुनुहुन्छ, र अमेरिकाविरुद्धको तपाईंहरूको संघर्ष प्रशंसनीय छ,” वक्तव्यमा भनिएको छ । यसबीच, अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न वा उक्त जलमार्गमाथिको नियन्त्रण छोड्न आग्रह गर्दै ४८ घण्टाभित्र भीषण परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । तर इरानको उक्त सैन्य कमाण्डले ट्रम्पको चेतावनीलाई “निराश, असन्तुलित र मूर्खतापूर्ण कदम” भन्दै अस्वीकार गरेको छ ।
फेब्रुअरी २८ देखि अमेरिका इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेपछि इरानले स्ट्रेट अफ हर्मुजमा प्रभावकारी रूपमा नाकाबन्दी गर्दै आएको छ , सामान्यतया विश्वको झन्डै २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने गर्दछ । हालैका हप्ताहरूमा इरानले लागू गरेको अनौपचारिक शुल्क प्रणाली अन्तर्गत जहाजहरूको आवागमन केही बढेको देखिए पनि यो अझै सामान्य स्तरभन्दा ९० प्रतिशतभन्दा बढीले कम रहेको तथ्यांकले देखाएको छ ।
जहाज ट्र«यााकिङ तथ्यांकअनुसार गत साता ५३ वटा जहाजले स्ट्रेट अफ हर्मुज पार गरेका छन्, जुन युद्ध सुरु भएयताकै धेरै हो । अघिल्लो साता भने ३६ वटा जहाज मात्रै यहाँबाट बाहिरिएका थिए । शुक्रबार पहिलोपटक फ्रान्सको कन्टेनर जहाज र जापानको ट्यांकरले पनि स्टे«ट पार गरेका थिए । यस जलमार्गमा ढुवानी लगभग ठप्प हुँदा विश्व ऊर्जा बजारमा ठूलो असर परेको छ। इन्ध
प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार
















