बलेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो



काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ लाई बयानका लागि सरकारी वकिल कार्यालय लगिएको छ ।

शनिबारदेखि प्रहरी हिरासतमा रहेका बलेलाई आज म्याद थप गर्नुअघि बयानका लागि सरकारी वकिल कार्यालय लगिएको हो ।

अमेरिकामा बस्ने एक युवतीले बलेले आफूलाई बलात्कार गरेको आरोप सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी थिइन्।

सोहि घटनामा अनुसन्धान गर्न भन्दै प्रहरीले बलेलाई शनिबार काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

उनीविरुद्ध कुनै जाहेरी नभएकाले शान्ति सुरक्षामा खलल पुर्याएको महलमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रकाशित मिति: २२ चैत्र २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्