प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरूको निर्वाचन वैशाख ४ मा



काठमाडौँ, २८ चैत। प्रतिनिधि सभाका विषयगत समितिहरूको सभापति चयनका लागि आगामी वैशाख ४ गते निर्वाचन हुने भएको छ।

सभामुख डोलप्रसाद अर्यालले शुक्रबारको बैठकमा प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७६ को उपनियम १ बमोजिम निर्वाचनको मिति र समय तोकेका हुन्।

सभामुख अर्यालले भने, ‘प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७६ को उपनियम १ बमोजिम प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिहरूको सभापतिको निर्वाचनको लागि २०८३ साल वैशाख ४ गते शुक्रबार दिनको १ बजेको समय तोकिएको व्यहोरा जानकारी गराउँछु।’

यो निर्वाचनसँगै अब सबै विषयगत समितिहरूले पूर्णता पाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २८ चैत्र २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्