तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ धादिङले आज आयोजना गरेको पत्रकार भेटमा उनले कानुन निर्माण र कार्यान्वयन गर्न निष्ठा र निष्पक्षताका साथ लाग्ने बताएका हुन् ।
‘विकास, समृद्धि र खुसी भन्ने कुरा एक दिन पनि ढिला नगरीकन पाउनुपर्छ भन्ने मेरो बुझाइ हो, त्यसकारण सबैले महसुस गर्ने गरी काम पूरा गर्नेछु,’ उनले भने ।
संविधान संशोधनका साथै नयाँ कानुन बनाउन सहजकर्ताका रूपमा आफूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने सभामुख अर्यालले बताए ।
साथै उनले जनताले प्रत्यक्ष लाभ पाउने गरी ‘फास्ट ट्रयाक’ बाट कानुन निर्माणको प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
प्रकाशित मिति: २९ चैत्र २०८२, आइतबार
















