त्रिभुवन विमानस्थलबाट दुई केजी गाँजासहित भारतीय नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई केजी अवैध लागुऔषध गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय नागरिक इमरान अहमेद रहेका छन् ।
सोमबार उनलाई दुई केजी ९६ ग्राम गाँजासहित सशस्त्र प्रहरी बल नेपालको टोलीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार श्रीलंकाको कोलम्बोबाट UL 181 नम्बरको श्रीलंकन एयरलाईन्सको उडान मार्फत काठमाडौं आएका इमरानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार रि-चेकिङ एरियामा सशस्त्र प्रहरीले जाँच गर्दा उल्लेखित गाँजा फेला पारेको थियो ।
गाँजा फेला परेपछि इमरानलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका इमरानलाई बरामद गाँजासहित आवश्यक अनुसन्धानको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।
प्रकाशित मिति: ३० चैत्र २०८२, सोमबार
















