के आज कांग्रेसले गर्ला पूर्णबहादुर खड्कालाई कारबाही?



काठमाडौँ, २ वैशाख। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक पनि बस्दैछ।

बिहान ११ बस्ने अनुशासन समिति बैठकमा गत निर्वाचनको अन्तर्घातको उजुरी र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको समानन्तर गतिविधिमाथि छलफल हुने छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठमा पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्य सहभागी हुने छन्।

बैठकका मुख्य एजेन्डामा पार्टीको क्रियाशील सदस्यता अद्यावधिक र संसदीय दलको नेता चयन छन्।

कांग्रेसले वैशाख १ गतेदेखि सदस्यता अद्यावधिक अभियान सुरु गरेको छ भने वैशाख ४ गते संसदीय दल नेता चयन गर्ने तयारी गरेको छ।

निर्वाचन समितिले आज संसदीय दलको नेता चयनका लागि निर्वाचनको कार्यतालिका ल्याउने छ।

कार्यसम्पादनअघि केन्द्रीय अनुशासन समितिको बैठक पनि बस्दै छ।

बिहान ११ बस्ने अनुशासन समिति बैठकमा गत निर्वाचनको अन्तर्घातको उजुरी र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको समानन्तर गतिविधिमाथि छलफल हुनेछ।

अनुशासन समितिका संयोजक तारामान गुरुङले आजको बैठकले खड्कालाई कारबाही गर्ने संकेत गरेका छन्।

उनले भने, ‘पार्टीको मर्यादा र अनुशासन उल्लंघन भएको विषयमा निर्णय हुन्छ। अहिले धेरै कुरा केही छैन। बैठकले आवश्यक निर्णय लिन्छ।’

गत चैत १४ मा कार्यवाहक सभापतिका रूपमा विज्ञप्ति निकालेपछि खड्कालाई कांग्रेसको अनुशासन समितिले त्यसो नगर्न सचेत गराएको थियो।

प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्