आफ्ना पक्षीय केन्द्रीय सदस्यहलाई किन बोलाए पूर्णबहादुर खड्काले ?



काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औँ महाधिवेशनबाट चुनिएका आफू पक्षीय केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका छन् ।

खड्काले हिजै आजका लागि बैठक बस्ने निधो गरेका थिए । आफू पक्षीय नेताहरुलाई हिजो घरमै बोलाएका उनले आज बैठक आह्वान गरेका हुन् ।

बैठक मध्याह्न १२ बजे धुम्बाराहीस्थित स्मार्ट होटलमा बस्नेछ । पार्टीको आधिकारिकताका विषयमा सर्वोच्च अदालतको फैसला आएसँगै छलफलमा जुटेको खड्का समूहले १५औँ महाधिवेशनको तयारी गर्ने कि अलग बाटो रोज्ने भन्ने विषयमा निष्कर्ष निकाल्ने बुझिएको छ ।

सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई मान्यता दिएपछि असन्तुष्ट रहेको पूर्वसभापति शेरबहादुर देउवा पक्षको नेतृत्व गरेका नेता खड्काले शनिबार आफ्नै निवासमा आफू पक्षका नेताहरुलाई छलफलमा बोलाएका थिए ।

शनिबारको बैठकमा नेता, खड्का, विमलेन्द्र निधि, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद, मीन विश्वकर्मा, रमेश लेखकलगायत सहभागी थिए ।

प्रकाशित मिति: ६ बैशाख २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्