कांग्रेस सोध्यो कान्छाराम तामाङलाई स्पष्टीकरण
काठमाडौँ, ८ वैशाख। नेपाली कांग्रेसले पार्टीका रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
कांग्रेस केन्द्रीय अनुशासन समितिको आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले पदीय मर्यादाको ख्याल नगरी पार्टी नेतृत्वविरुद्ध बोलेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको हो।
समितिका सभापति तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले पदीय मर्यादाको ख्याल नगरी नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्वका विरुद्ध बदनियत राखी भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएकाले स्पष्टिकरण सोध्ने निर्णय गरेको समितिका सचिव दिनेश थापामगरले जानकारी दिए।
प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार
















