पार्टीको ७७औँ स्थापना दिवसमा किन भए ओली अनुपस्थित ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको ७७औँ स्थापना दिवसको विशेष कार्यक्रममा अनुपस्थित भएका छन् ।

बुधबार नेकपा एमालेले ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा मनाउन लागेको७७औँ स्थापना दिवसको विशेष कार्यक्रममा अनुपस्थित भएका हुन् ।

पार्टीका महासचिव शंकर पोखरेलका अनुसार कार्यक्रममा पार्टीको ऐतिहासिक यात्रा, संगठनात्मक उपलब्धि र वर्तमान राजनीतिक परिस्थितिबारे केपी ओलीले विशेष सम्बोधन गर्ने तयारी थियो ।

हालैको राजनीतिक घटनाक्रमपछि पहिलोपटक सार्वजनिक सम्बोधन गर्न लागेका ओलीको स्वास्थ्यले साथ नदिएपछि कार्यक्रममा नगएका हुन्।

च्यासलमा जारी कार्यक्रममा अध्यक्ष ओलीबाहेकका शीर्ष नेताहरूले सम्बोधन गर्दैछन्।

चैत १४ गते जेनजी आन्दोलनको घटना छानबिन आयोगको सिफारिसमा पक्राउ परेका ओली १३ दिनपछि रिहा भएका थिए। पित्तथैलीको पत्थरीको शल्यक्रियापश्चात् वैशाख ५ गते डिस्चार्ज भएका थिए। उनी अहिले गुण्डुस्थित निवासमै आराम गरिरहेका छन्।

प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्