नेपाल टेलिकमको ‘समर अफर २०८३’: वैशाख ११ देखि ३० दिने अनलिमिटेड प्याकेज
काठमाडौं १० वैशाख। नेपाल टेलिकमले प्रिपेड मोबाइल ग्राहकका लागि समर अफर २०८३ अन्तर्गत आकर्षक भ्वाइस र डाटाका थप प्याकेजहरू बैशाख ११ गतेदेखि लागू गर्ने घोषणा गरेको छ।
कम्पनीले यसअघि २८ दिनका रहेका प्याकेजहरू अब ३० दिनका बनाएको छ भने सबै भ्वाइस प्याकेजमा जुनसुकै नेटवर्कमा कल गर्न सकिने अलनेट सुविधा थपिएको छ।
सबैभन्दा चर्चित सजिलो अनलिमिटेड प्याकलाई अझ आकर्षक बनाइएको छ। रु. ९९९ मा अनलिमिटेड अलनेट भ्वाइस, ३०० जीबी डाटा र ३०० अलनेट एसएमएस पाइनेछ भने रु. ७९९ मा अनलिमिटेड भ्वाइस, १५० जीबी डाटा र २५० एसएमएस उपलब्ध हुनेछ।
डाटा प्याकअन्तर्गत रु. ५४९ मा ४० जीबी र रु. ९९९ मा १०० जीबी प्याकेज उपलब्ध छ। दैनिक प्रयोगकर्ताका लागि रु. ५९९ मा प्रतिदिन २ जीबी र रु. ३४९ मा प्रतिदिन १ जीबी डाटाको मासिक प्याकेज पनि छ। यसका अतिरिक्त रु. २५ मा १ घण्टाको अनलिमिटेड भ्वाइस तथा डाटा प्याकेज र रु. ९९९ मा ३० दिनसम्म प्रतिदिन ५ एमबीपीएस गतिको डाटा प्याकेज समेत उपलब्ध छ।
नाइट प्याक, कम्बो प्याक, बन्डल्ड प्याक, एडअन, सीयूजी र एसएमएस प्याकेजहरू समेत यस अफरअन्तर्गत रहेका छन्। ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरेर, ‘नेपाल टेलिकम’ एप वा कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत प्याकेजसम्बन्धी विस्तृत जानकारी लिन र खरिद गर्न सक्नेछन्।
प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार
















