बीएमसीका पाँच विद्यार्थी ‘ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड’को ब्रोंज अवार्डबाट सम्मानित
काठमाडौं । द ब्रिटिस मोडल कलेज (BMC) का पाँच विद्यार्थी ‘द ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड’ (DoEIA) अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित भएका छन्।
अवार्ड प्राप्त गर्ने विद्यार्थीहरूमा आर्या गुरुङ, मरिशा देवी गुरुङ, नेइर अमात्य, सियाना र शशांक झा रहेका छन्। उनीहरूलाई काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा आयोजित नेशनल अवार्ड सेरेमोनी २०२६ मा सम्मान गरिएको हो।
ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड विश्वव्यापी युवा विकास कार्यक्रम हो, जसले युवाहरूलाई नयाँ सीप विकास, सामुदायिक सेवा, शारीरिक सक्रियता र नेतृत्व क्षमताको विकासमा प्रोत्साहित गर्छ।
बीएमसीले अवार्ड विजेता विद्यार्थीलाई बधाई दिँदै यस उपलब्धिले अन्य विद्यार्थीलाई पनि प्रेरणा मिल्ने जनाएको छ। साथै विद्यार्थीहरूको सफलताका लागि मार्गदर्शन गर्ने राजनकुमार राईप्रति कलेजले आभार व्यक्त गरेको छ।
कलेजले शैक्षिक उपलब्धिसँगै व्यक्तित्व विकास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व बढाउने यस्ता सहपाठ्यक्रम गतिविधिमा विद्यार्थीको सहभागितालाई प्राथमिकता दिँदै आएको जनाएको छ।
प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार







