सभामुखले बोलाए सचेतकहरूलाई छलफलमा



काठमाडौँ, २१ वैशाख। सङ्घीय संसद् प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्याल (डीपी) ले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक बोलाएका छन् ।

सभामुख अर्यालको सोमबार मध्यान्ह १२ बजे सिंहदरबारमा बैठक आह्वान गरेका छन्।

सत्ता पक्ष र विपक्षमा रहेका दलहरूका प्रमुख सचेतक सचेतकहरूसँग समसामयिक विषयमा छलफल गर्न सभामुख अर्यालले बैठक आह्वान गरेको सचिवालयले जनाएको छ।

प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधित्व गर्छन् ।

प्रकाशित मिति: २१ बैशाख २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्