गोकुल बास्कोटाको घुमाउरो प्रश्न : किन भारत र नेपालमै कम्युनिस्ट कमजोर भए?



काठमाडौँ, २२ वैशाख। नेकपा एमालेका नेता गोकुल बास्कोटाले भारतमा पनि कम्युनिस्ट सत्ताच्युत भएपछि कडा टिप्पणी गरेका छन्। उनले भारत र नेपालमा कम्युनिस्ट शक्ति हारेको भन्दै अब श्रीलंकामा मात्र सीमित भएको बताएका छन्।

‘नेपाली कम्युनिस्ट आन्दोलनले लोकतन्त्र, परिवर्तन र देशभक्ति प्राप्तिको कठोर संघर्ष र निर्णायक नेतृत्व दिएका कारण अन्तर्राष्ट्रिय प्रतिकूलता सजिलै सामना गर्‍यो। तर राजकीय नेतृत्व गर्न जनताले भव्य साथ दिएका अवसर जोगाउन सकेन। किन? सब चुपचाप’, उनले लेखेका छन्, ‘नेपालपछि भारतमा पनि त्यै भएछ। धन्न! श्रीलंका छ।’

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्