कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य थप



काठमाडौँ, २३ वैशाख। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३९ सदस्य थप गरिएको छ । पार्टीका उपसभापति एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले मंगलबार प्रतिष्ठानको सदस्यमा ३९ जनालाई नियुक्त गरेका हुन् ।

उपसभापति शर्माले नेपाली कांग्रेसको विधान, २०१७/संशोधनसहितको धारा ३६/१. /ग बमोजिम विभिन्न क्षेत्र र भूगोलको प्रतिनिधित्व हुने गरी ३९ सदस्य नियुक्त गरेको पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

प्रतिष्ठानको सदस्यमा नियुक्त हुनेमा मधु आचार्य/काभ्रेपलाञ्चोक, डा. गोपाल दहित थारु /बर्दिया, अञ्जु झा/रौतहट, उमेश श्रेष्ठ/ललितपुर, प्रा.डा गोविन्दराज पोखरेल/प्युठान, मीन भाम/मुगु, डा. अञ्जनीकुमार झा/महोत्तरी, डा. यादव पण्डित /प्रवास, बद्री सिग्देल/बर्दिया, गोपालप्रसाद पोखरेल /सुनसरी, श्रवण मुकारुङ/भोजपुर लगायत ३९ जना छन् ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्