कांग्रेसको संसदीय दलको बैठक बस्दै




काठमाडौँ, २३ वैशाख। नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दैछ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबारका लागि दलको बैठक बोलाएका छन् ।

बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने छ ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्