सरकारलाई बाबुरामको सुझाव–ठुलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ



काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुशासन र समृद्धिमै एकलव्य दृष्टि लगाउन सरकारलाई सुझाव दिएका छन् ।

संविधानको २४५ धारा संशोधन गर्न कार्यदलले दिएको सुझावलाई इङ्गित गर्दै उनले भनेका छन्– एकैचोटि धेरै चरा मार्न खोज्दा कुनै चरा पनि मर्दैन । ठुलो गाँस मुखमा हाल्दा घाँटीमा अड्कने खतरा हुन्छ ।

उनी थप लेख्छन्– ‘जेनजी विद्रोहको पृष्ठभूमिमा ठुलो जनअपेक्षा सहित सत्तासीन नयाँ सरकारले एकैचोटि धेरैतिर हात हाल्नु सट्टा यतिवेला देशको प्रमुख समस्या रहेको सुशासन र समृद्धिमै एकलव्य दृष्टि लगाउँदा राम्रो होला ।’


देशभित्रै वार्षिक ८ देखि १० लाखसम्म उत्पादनमूलक रोजगारी सिर्जना गर्न जे गर्नुपर्छ त्यही गर्दा राम्रो हुने सरकारलाई उनको सुझाव छ ।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्