मेयरले चलाएको गाडी दुर्घटना



धनगढी । कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले चलाएको सरकारी गाडी दुर्घटना भएको छ ।

शनिबार राति मोहनापुल अत्तरिया ६ लेन सडकखण्डस्थित धनगढी उपमहानगरपालिकाको गेटामा उनले चलाएको सुपप्र०१००१ झ ६०१ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडी दुर्घटना भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक रेशम आचार्यले दुर्घटनामा गाडीमा क्षति पुगेपनि मानवीय क्षति भने नभएको बताए ।

उनका अनुसार गाडी प्रहरी चौकी कैलाली गाउँमा राखिएको छ । मेयर भट्ट भने सामान्य भएकोले तत्कालै आफन्तसँग घर गइसकेका छन् ।

प्रकाशित मिति: २७ बैशाख २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्