रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौँ, वैशाख २९ गते । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।
पार्टीको केन्द्रीय महाधिवेशन, सरकार सञ्चालन, संसदको चालू बर्खे अधिवेशन लगायतका विषयमा छलफल गर्न रास्वपाले बुधबार केन्द्रीय समिति बैठक बोलाएको हो ।
प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार
















