हर्कराज राई प्रतिनिधिसभा सचिवको पदबाट मुक्त



काठमाडौँ, २९ वैशाख राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदबाट हटाउनुभएको छ ।

सभामुख डोल प्रसाद अर्यालको वैशाख २८ गतेको सिफारिसमा राष्ट्रपतिले राईलाई पदमुक्त गर्नुभएको हो । 

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्ति अनुसार सङ्घीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम राईलाई प्रतिनिधिसभाको सचिवको पदबाट हटाइएको हो ।

यो निर्णय वैशाख २९ गतेदेखि लागु हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: २९ बैशाख २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्