अमेरिकी डलरसहित धेरैजसो विदेशी मुद्राको नेपाली मूल्य स्थिर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, युरो, पाउन्ड स्ट्रलिङ, अस्ट्रेलियन डलरलगायत धेरैजसो विदेशी मुद्राको भाउ स्थिर देखिएको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ। हिजो शनिबार पनि यसको भाउ यति नै थियो।
यस्तै आज युरोपियन युरो १ को खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १७ पैसा छ। शनिबार पनि यसको विनिमयदर यही थियो।
यसैगरी आज यूके पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा छ। हिजो पनि यसको मूल्य यही थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०८ रुपैयाँ २९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७२ पैसा छ। शनिबार पनि यसको विनिमयदर सोही थियो।
यसैगरी आज स्विस फ्रयाङ्क १ को खरिददर १९२ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९३ रुपैयाँ २७ पैसा कायम गरिएको छ।
क्यानेडियन डलर १ को खरिददर १०९ रुपैयाँ २५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा, सिङ्गापुर डलर १ को खरिददर ११८ रुपैयाँ १५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६२ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ४१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ ३८ पैसा र बिक्रीदर ४० रुपैयाँ ५४ पैसा, कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७९ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट १ को खरिददर ४ रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६७ पैसा छ।
यसैगरी यूएई दिराम १ को खरिददर ४१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रीदर नौ रुपैयाँ ८९ पैसा कायम गरिएको छ।
आज स्विडिस क्रोनर १ को खरिददर १६ रुपैयाँ २४ पैसा र बिक्रीदर १६ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ ६१ पैसा र बिक्रीदर २३ रुपैयाँ ७० पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर १ को खरिददर १९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १९ रुपैयाँ ४३ पैसा, कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ९१ पैसा छ।
यस्तै आज बहराइन दिनार १ को खरिददर ४०२ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ६६ पैसा, ओमनी रियाल १ को खरिददर ३९३ रुपैयाँ ८० पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३६ पैसा छ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
हेर्नुहोस् सूची

प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार
















