रास्वपा ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ
ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ चयन भएका छन् । गए राति सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट उहाँ सर्वसम्मतिमा चयन भएका हुन् ।
पार्टी उपसभापतिमा मानबहादुर तामाङ, सचिवमा लीलाप्रसाद पौडेल र सहसचिवमा गोपाल गुरागाईं चुनिएका छन् ।
अधिवेशनले सात जना सदस्य पनि सर्वसम्मतिमा चुनेको छ । उहाँहरू कमल लेछर्वो, छत्रबहादुर विश्वकर्मा, सुशीला कार्की भोटिया, शान्ति सिवा, हर्कराज गुरुङ, नवीन अधिकारी र राजेन्द्रकुमार थापा रहेका छन् ।
नवनिर्वाचित नेतृत्वले जिल्लामा सङ्गठन विस्तार, सुदृढीकरण तथा सुशासनका एजेण्डालाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधिसभा सदस्य मिङ्मा शेर्पाले शनिबार अपराह्न अधिवेशन उद्घाटन गरेका थिए ।
प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार
















