मध्यरातमा नेपालको पूर्वी क्षेत्रमा भूकम्पको धक्का



काठमाडौँ । भूकम्प जाँदा नेपालमा पनि धक्का महसुस भएको छ। रातको समयमा भूकम्पले धक्का दिएको थियो।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार आइतबार राति ११स्३६ बजे (स्थानीय समय) भुटानको पुनाखा जिल्लाबाट ५ किलोमिटर टाढा केन्द्रबिन्दु भएर ५।३ म्याग्निच्युडको भूकम्प गएको हो।

जसको धक्का नेपालसहित भारत, बंगलादेश र चीनका केही भागमा पनि महसुस गरिएको हो। नेपालमा भूकम्पको धक्का पूर्वी क्षेत्रमा महसुस गरिएको थियो।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्