विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन
काठमाडौं । स्वतन्त्र सांसद महावीर पुन पनि मन्त्री बन्ने भएका छन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार महावीरलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउन लागिएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुनलाई सिफारिस गरेका हुन् ।
पुन यसअघिको अन्तरिम सरकारमा पनि शिक्षामन्त्री थिए ।
प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार
















