मन्त्रिपरिषद् पुनर्गठन, दुई नयाँ मन्त्री नियुक्त



काठमाडौँ, २६ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ।

राष्ट्रपतिको कार्यालयले मङ्गलवार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर तथा कार्यविभाजन गरिएको हो।

पुनर्गठित मन्त्रिपरिषद्मा प्रधानमन्त्री शाहले रक्षा मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्नुभएको छ। मन्त्रिपरिषद्मा गृह मन्त्रीका रूपमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीका रूपमा महावीर पुन नियुक्त हुनुभएको छ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनले राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।

पुनर्गठित मन्त्रिपरिषद्मा डा. स्वर्णिम वाग्ले अर्थ मन्त्री, शिशिर खनाल परराष्ट्र मन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, सुनील लम्साल पूर्वाधार विकास मन्त्री, सोविता गौतम कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र सीता वादी महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री रहनुभएको छ।

त्यसैगरी प्रतिभा रावल भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री, निशा मेहता स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री, सस्मित पोखरेल शिक्षा तथा खेलकुद मन्त्री, खडकराज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा डा. विक्रम तिमिल्सिना सूचना तथा सञ्चार मन्त्रीको जिम्मेवारीमा रहनुभएको छ।

मन्त्रिपरिषद्मा गीता चौधरी कृषि, वन तथा वातावरणमन्त्री, गौरी कुमारी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री तथा रामजी यादव युवा, श्रम तथा रोजगारमन्त्री रहनुभएको छ।

राष्ट्रपतिको कार्यालयका अनुसार मन्त्रिपरिषद् पुनर्गठनसँगै मन्त्रालयहरूको कार्यविभाजनसमेत टुङ्गो लगाइएको छ।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्