थाइल्यान्डले नेपाललाई दियो १३१ रनको लक्ष्य
काठमाडौँ। एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलमा थाइल्यान्डले नेपाललाई १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मलेसियाको वायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले २० ओभरमा ४ विकेट गुमाएर १३० रन बनाएको हो।
थाइल्यान्डका लागि नानापत कोन्चारोन्काइले अर्धशतकीय पारी खेलिन्। उनले ५१ बलमा अविजित ६३ रन बनाइन । फनिता मायाले २६ तथा चनिदा सुथिराङले १६ रन बनाइन् ।
नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले १-१ विकेट लिए ।
एसिया कपमा छनोट हुनका लागि नेपालले यो खेल जित्नुपर्नेछ।
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार
















