करमा बदमासी गरेको प्रमाणित भए सार्वजनिक जीवन नै त्यागिदिन्छु : अर्थमन्त्री डा. वाग्ले
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युतीय गाडीमा सूचना चुहावट गरेको भन्ने आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।
बिहीबार संसद्को सार्वजनिक लेखा समितिमा आयोजित छलफलमा बोल्दै उनले यस्तो चुनौती दिएका हुन् ।
नैतिकताको उच्च कडीमा उभिएर बनाएको छवि धमिल्याउन नियोजित रूपमा मानिसहरू लागेको र बदनाम गर्ने प्रयास गरेको भन्दै उनी समितिमा भावुक सुनिएका थिए ।
‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्रै बेइमानी गरेको प्रमाण दिनुस्, अर्थमन्त्री र राजनीति मात्रै होइन सार्वजनिक जीवन नै त्यागिदिन्छु,’ अर्थमन्त्री डा. वाग्लेले भने, ‘यो नैतिकता अन्य कोही संसद् वा राजनीति गर्नेहरूमा छ ?’
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार
















