मोरङबाट ९२२ किलो गाँजा बरामद
काठमाडौँ। मोरङबाट ९२२ किलो गाँजा बरामद भएको छ । सशस्त्र प्रहरीले मोरङको जहदा गाउँपालिका–७ महादेवकोलबाट आज ९२२ किलोग्राम गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म सोराभाग र बोर्डर आउट पोष्ट नोचाबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो ।
लक्ष्मिनियाबाट तारीगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको पिकअप गाडीमा धानको भुसको बोराले छोपेर लैजाँदै गरेको २९ पोका गाँजा बरामद गरिएको हो ।
उक्त गाडीलाई स्कटिङ गर्ने बीआर ३८ जेड ७४५२ नम्बरको भारतीय मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ । गाडी र मोटरसाइकल चालक भने फरार भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार
















