पहिलो स्टाटसमा आलोचित भएपछि स्टाटसबाटै बालेनको प्रष्टीकरण



काठमाडौं। प्रधानमन्त्री बालेन शाहले आफ्नो टोलीको तस्वीर सार्वजनिक गरेका छन्।

आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँगको तस्वीर सेयर गरेका हुन्।

तस्वीर मा कालो पहिरनमा देखिएका प्रधानमन्त्री शाहले दुई मन्त्रीलाई बीचमा बसेर अँगालो हालेका छन्। उनले उक्त पोस्टको क्याप्सनमा ‘देश बनाउने टोली’ लेखेका छन्।

तस्वीरमा प्रधानमन्त्रीको दाहिनेतर्फ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र देब्रेतर्फ भर्खरै पुनर्बहाली भएका गृहमन्त्री सुधन गुरुङ रहेका छन्।

प्रधानमन्त्री बालेन शाहले आफूले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर अनेक टिप्पणी हुन थालेपछि प्रष्टीकरण दिएका छन्।

आइतबार साँझ उनले गृहमन्त्री सुधन गुरुङ र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँगको तस्वीर सेयर गर्दै देश बनाउने टोली लेखेका थिए।

त्यसलाई लिएर क्याबिनेटमा रहेका अन्य सदस्यलाई हेपिएको भन्दै सञ्जालमा टिप्पणी गरिएको थियो। यसैलाई लिएर उनले प्रष्टीकरण दिएका हुन्।

उनले भनेका छन्, ‘हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन’, उनले लेखेका छन्, ‘दुःख त्यो दिन मान्नु , जुन दिन म जिस्किन छोड्छु।’

प्रकाशित मिति: १ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्