विश्वकप निःशुल्क हेर्न पाउने व्यवस्था मिलाउन नेकपाको माग
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेकपाका सांसद प्रमेशकुमार हमालले सरकारसँग विश्वकप निःशुल्क हेर्न पाउने व्यवस्था मिलाउन माग गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद हमालले सरकारसँग यस्तो माग गरेका हुन् ।
विश्वकप हेर्दा मनपरी रूपमा पैसा असुलिएको दाबी गर्दै उनले भने- ‘वर्ल्डकप मेरो पनि चासोको विषय हो । युवाहरूको त झनै चासो छ । तर, ९९९ रुपैयाँ तिनुपर्छ । अब त मनोपोलीले आम्दानी पनि भइसक्यो होला । अब म नेपाल सरकारलाई आफ्नो टेलिभिजन च्यानलमार्फत निःशुल्क उपलब्ध गराउन अनुरोध गर्छु ।’
बैठकको सुरुमै उनले विश्वकप हेर्न नौसय ९९ रुपैयाँ तिर्नु परिरहेको भन्दै बिरोध गरेका थिए।
यसैगरी उनले दार्चुलामा सैनिक हेलिकोप्टर विनाअनुमति नेपाली आकाशमा उडेको, सुस्तामा भारतीय सीमा सुरक्षा वल प्रवेश गरेको र चिया उद्योगहरु बन्द भएको विषयमा पनि सरकारको धारणा माग गरेका छन्।
प्रकाशित मिति: २ असार २०८३, मंगलबार











