एनआईसी एशिया बैंकद्वारा श्री बिन्देश्वरी आधारभूत विद्यालयलाई शैक्षिक सामग्रीहरु हस्तान्तरण
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर, चितवनस्थित श्री बिन्देश्वरी आधारभूत विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु सहयोग उपलब्ध गराएको छ ।
सीमान्तकृत, न्यून आय भएका तथा पिछडिएका वर्गका विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर संचालन भइरहेको यस विद्यालयमा १२६ जनाभन्दा धेरै विद्यार्थीहरु अध्ययनरत छन् ।
जहाँ ८५ भन्दा धेरै चेपाङ समुदायका विद्यार्थीहरुलाई खानेबस्ने सुविधा सहित आवासीय सेवा समेत उपलब्ध गराइरहेको छ ।
विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ यस बैंकका नारायणगढ सर्कल हेड रामकृष्ण काफ्लेले उक्त विद्यालयका प्रधानाध्यापक हरिप्रसाद खनाललाई मिति २०८३ आषाढ १ गते एक कार्यक्रमका बीच झोला अन्य शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्बर १५ का अध्यक्ष, आशिक तामाङ, उक्त विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीहरु र बैंकका तर्फबाट बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।
प्रकाशित मिति: २ असार २०८३, मंगलबार











