खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ
दाङ। दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ परेका छन् ।
जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका ०२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरले तीन महिना अघि एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाई डर-धम्की दिँदै कुटपिट गरेको भिडियो मंगलबार बेलुका २०स्३० बजे आफ्नै फेसबुक आईडीमार्फत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।
भिडियो सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले मंगलबार २२:४० बजे उनकै घरबाट लागुऔषध एचभनबmबह १ ट्याब्लेट, त्चयजmय ४१ ट्याब्लेट, ब्लतष्पयउ २ ट्याब्लेट र ल्ष्तचबशयजm ५ ट्याब्लेटसहित नियन्त्रणमा लिएको हो ।
सोही क्रममा तुलसीपुर ०२ बालापुर बस्ने २१ वर्षीय जिबराज खत्रीलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: ३ असार २०८३, बुधबार











