सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा एक हजार दुई सय रुपैयाँले घटेर तोलामा २ लाख ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा २ लाख ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर चार हजार ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

मंगलबार भने चाँदी तोलामा ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्