प्रधान सेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले विभिन्न दर्जामा पदोन्नति अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

बुधबार जंगी अड्डामा आयोजित कार्यक्रममा सेनापति सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी भुवनपूर्ण सत्याल, मानार्थ उपरथी दर्जा प्राप्त सहायक रथी रोशन शम्सेर राणा तथा मानार्थ सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी उमेश कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ जेठ २९ गतेको निर्णयअनुसार उनीहरुको पदोन्नति भएको हो।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा नेपाली सेनाका वरिष्ठ अधिकृत, रथीवृन्द तथा पदोन्नति प्राप्त अधिकृतका परिवारजन उपस्थित थिए ।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्