इन्जुरी समयको गोलले पानामामाथि घानाको जित



काठमाडौँ। इन्जुरी टाइममा गरेको गोल मदतमा घानाले फिफा विश्वकप २०२६ मा पानामालाई १-० ले हराउँदै विजयी सुरुावात गरेको छ ।

क्यानडाको टोरन्टो स्टेडियममा बिहीबा भएको समूह एलको खेलमा कालेब यिरेन्कीले निर्णायक गोल गरे ।

बराबरीतर्फ अग्रसर खेलको दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा घानाका यिरेन्कीले गोल गरेका हुन् ।

यो जितपछि घानाले ३ अंक जोड्दै विश्वकप सुरुवात गरेको छ । इंग्ल्यान्ड र क्रोएसिया जस्ता टिम यस समूहमा जितपछि घानाले नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ ।

अघिल्लो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४-२ ले पराजित गरेको थियो ।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्