आज के भयो सुनचाँदीको मूल्य ?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार चार सय रुपैयाँले बढेर २ लाख ८८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार सुन तोलामा २ लाख ८७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले बढेर चार हजार ७३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

आइतबार भने चाँदी तोलामा चार हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ८ असार २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्