घट्यो सुनचाँदीको मूल्य



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनचाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले घटेको हो । योसँगै मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १०० रुपैयामा झरेको छ । सोमबार सुनको मूल्य २ लाख ८८ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि तोलामा १४० रुपैयाँले घटेर ४ हजार ५९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य ४ हजार ७३० रुपैयाँ थियो ।

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्