सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार?
काठमाडौँ। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ५ सयले घटेर २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको छ। सोमबार सुन २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य ४ हजार २८५ रुपैयाँमा कारोबार भएको छ। सोमबार चाँदी ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: १६ असार २०८३, मंगलबार












