ट्राफिक कारबाहीबाट एकैदिनमै २० लाखबढी राजस्व संकलन



काठमाडौं । पछिल्लो २४ घण्टामा नियम विपरित चलेका एक हजार ५९२ सवारी साधन कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक अनुशासन पालना नगर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरिएको हो ।

उक्त कारबाहीबाट २० लाख रुपैयाँ भन्दाबढी धेरै राजस्व संकलन भएको छ।

विगत २४ घण्टामा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७३ जना, राइड सेयरिङ गर्ने ८७ जना, रातो बत्ती पालना नगर्ने ७४ जना, तीव्र गतिमा चलाउने ७८ जना, लेन अनुशासन पालना नगर्ने ४७ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै, गाडीमा कालो सिसाको प्रयोग गर्ने ८७ जना, नो हर्नमा ५६ जना, एकतर्फी बाटो भएको ठाउँमा सवारी लैजाने ३२ जना र अन्य कसुरमा एक हजार ५८ जनालाई कारबाही गरिएको छ।

पछिल्लो समय काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले उपत्यकाभित्र ट्राफिक नियम मिच्ने सवारीसाधनलाई तीव्र रुपमा कारबाही गर्दै आएको छ।

प्रकाशित मिति: १६ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्