नेपाल प्रहरीका ८ जना एआईजीको सरुवा
काठमाडौं । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूको सरुवा गरेको छ।
मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गर्ने निर्णय गरेको हो ।
बैठकले उनीहरूलाई सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
‘नेपाल प्रहरीमा कार्यरत आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक हरुलाई सरुवा गर्ने,’ प्रवक्ता पोखरेलले भने ।
प्रकाशित मिति: १८ असार २०८३, बिहिबार












