एमालेको पुनर्गठन कार्यदलको बैठक बस्दै
काठमाडौँ। निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव संकलन गर्न गठित नेकपा एमालेको कार्यदलको बैठक आज बस्दैछ। पार्टी उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठित उक्त कार्यदलको बैठक यसअघि असार २२ गतेका लागि तय गरिएको थियो।
पार्टीभित्र सचिवालय तहबाटै अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्ने विषय उठेपछि कार्यदल गठन गरी तल्लो तहबाट सुझाव लिने निर्णय गरेको थियो। यो कार्यदलले विभिन्न सातै प्रदेशबाट सुझाव संकलन गरेको छ।
कार्यदलले प्राप्त सुझावहरूलाई एकीकृत गरी पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार










