नेपालले दियो हङकङलाई २१२ रनको लक्ष्य



काठमाडौं । नेपालले एसीसी महिला यू–१९ प्रिमियर कपमा हङकङसामु २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको बायोमास ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएको हो ।

नेपालकी कप्तान सोनी पाख्रिनले सर्वाधिक ९० रनको योगदान गरिन् । उनले ६० बलमा १३ चौका र एक छक्का प्रहार गरिन् ।

साव्रित्री धामीले ५२ रन बनाइन् । उनले ३६ बलमा ६ चौका प्रहार गरिन् । अलिशनकुमारी यादव २३ रनमा अविजित रहिन् ।

हङकङका निम्बरा अरबले दुई तथा वाङ हाइली र अरोज फतिमाले एकरएक विकेट लिए ।

प्रकाशित मिति: ३० असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्